प्रदेश एकमा राप्रपाको उम्मेदवारी

काठमाडौँ/ राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभा सदस्यका लागि प्रदेश १ बाट दुई जना उम्मेदवारको मनोनयन गराएको छ ।राप्रपाले मङ्गलवार मात्र मनोनीत भएका केन्द्रीय सदस्य अम्बर बहादुर विष्ट र रन्जु प्याकुरेललाई उम्मेदवार बनाएको हो ।प्याकुरेल राप्रपाको बिर्तामोड नगर कमिटी अध्यक्ष हुन् । विष्ट पनि झापाकै नेता हुन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको गृह जिल्ला झापामा राप्रपाले दुई वटा गाउँपालिका जितेको छ ।
प्रदेशसभामा समेत एक सदस्य रहेको राप्रपासँग कुल ३ सय मत भार छ ।
राप्रपाले यस पटक आफ्नै उम्मेदवार खडा गरेर अन्य दलसँग सौदा गर्न खोजेको छ । एमाले र सत्ता गठबन्धनको मत लगभग हाराहारीमा रहेकाले राप्रपाको निर्णायक मत छ ।