लिङदेनले गरे केन्द्रीय समिति विस्तार

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदी र पूर्व मन्त्री दीपक बोहरासहित ३१ जनालाई केन्द्रीय कार्य समितिको सदस्यमा मनोनीत गरेका छन् ।
महाधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिएका वरिष्ठ र युवा नेताहरूलाई कार्य समितिमा मनोनयन गरिएको हो ।मनोनयन हुनेमा पूर्व अध्यक्ष रवीन्द्रनाथ शर्माकी पत्नी सरोजा शर्मा समेत छन् ।
विधान अनुसार अध्यक्षले पहिलो चरणमा सबै पुस्ता र समावेशी मिलाएर मनोनयन गरेको केन्द्रीय सदस्य मोहन कुमार श्रेष्ठले बताए ।