जनमत पार्टीका कार्यकर्ताबाट धनुषामा आगजनी
किसान आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताहरूले धनुषामा ट्रकमा आगजनी गरेका छन् । गणेशमान चारनाथ नगरपालिका १ छघरियामा ना १ क ७७६९ नम्बरको ट्रकमा जनमतका कार्यकर्ताले आगो लगाएका हुन् ।
दिउँसो करिब ३ः २० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त ट्रकमा आन्दोलनकारीले आगो लगाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।आगजनीबाट ट्रक क्षतिग्रस्त बनेको छ ।
आगजनी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, कार्यकर्ता द्वय चन्दन कुमार साह र नवीन पण्डित रहेका छन् ।धनुषाका प्रहरीका अनुसार तीनै जनालाई ट्रकमा आगो लगाएको आरोपमा पक्राउ गरिएको हो ।










