थप २७१ जनामा कोरोना पुष्टि
2
काठमाडौँ नेपालमा सोमबार २७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा कोरोना पुष्टि भएको हो ।
९ हजार १५७ जनाको पीसीआर परीक्षणमा २५१ र १ हजार ७२९ जनाको एन्टीजेन परीक्षणमा २० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयले सोमबार थप एक जनाको मृत्यु भएको जनाएको छ । यस्तै २२५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
अहिले देश भरी ४ हजार ९३१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।





