खस आर्यतर्फ केन्द्रीय सदस्यमा ७ मध्ये ६ जना देउवा पक्षका विजयी, हरिबोलको बोली बिकेन
|
Getting your Trinity Audio player ready...
|
पार्टी कार्यालय सानेपामा बिहीबार साँझ सम्पन्न मतगणनामा खसआर्य खुला केन्द्रीय सदस्यतर्फ ७ खुला पदमा सभापति शेरबहादुर देउवा पक्षले ६ पदमा जित हात पारेको छ ।
मतगणनामा केशवकुमार बुढाथोकी, गोविन्द बहादुर शाह, मधु आचार्य, भीम पराजुली, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी निर्वाचित भएका छन् ।
निर्वाचित केन्द्रीय सदस्यमा मधु आचार्यबाहेक सबै संस्थापन समूहका उम्मेदवार हुन् । यही समुहमा अमेरिकाको टेक्सासमा व्यवसाय गर्दै आएका हरिबोल भण्डारीले पनि प्रतिस्पर्धा गरेका थिए । तर उनी जितबाट टाडा रहे ।
खसआर्य महिलातर्फ को केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।
६ जना चयन गर्नका लागि भएको मतगणनामा मञ्जु खाण, प्रतिमा गौतम, चम्पादेवी खड्का, नानु बास्तोला, कान्तिका सेजुवाल र विद्यादेवी तिमिल्सिना विजयी भएका छन् ।
विजयी मध्ये पाँच जना सभापति शेरबहादुर देउवा पक्षबाट विजयी भएका हुन् गौतम भने संस्थापन इतरपक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।












