गण्डकी प्रदेशका मुख्यमन्त्री कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । १४ औं महाधिवेशनमा गण्डकी प्रदेश खुल्ला तर्फबाट उनी केन्द्रीय सदस्य भएका हुन् ।
यसै गरि तनहुँका ध्रुव वाग्ले पनि गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । मुख्यमन्त्री नेपाली, शेखर कोइराला समुह र वाग्ले सभापति शेरबहादुर देउवा समुहका हुन् ।
वाग्लेले २७ सय २० मत ल्याउदै पहिलो भए । यस्तै नेपाली नेपालीले २३ सय ६ मत सहित दोस्रोमा रहे । हरेक प्रदेशबाट खुल्ला सदस्यमा दुई जना निर्वाचित हुने व्यवस्था छ ।
यस्तै सोभियत अधिकारी २० हजार ३४ र रेशम बानियाँले १९ सय ३८ मत ल्याए ।








