हाम्रो प्रतिद्वन्द्वी कथित एमाले हो : माधव नेपाल

Getting your Trinity Audio player ready...
|
‘सबैभन्दा पहिलो र चुरो कुरालाई आत्मसात गर्नुपर्दछ । हामीले विद्रोह गरेको समूह, केपी ओलीको प्राइभेट कम्पनीमा परिणत भएको कथित नेकपा एमाले हाम्रो प्रमुख प्रतिद्वन्द्वी हो । उसले हामीलाई शत्रु घोषणा गरेको छ,’ नेपालले भने, ‘हामी सहभागी कुनै कार्यक्रममा जान्न भन्ने ओली संयोगवश कांग्रेसको कार्यक्रममा अनुहार हेर्दै पुगे । एउटै स्टेजमा बस्न हुने, अरू ठाउँमा हामीलाई छुवाछुतको व्यवहार गर्ने ?’ एमालेले संसदीय मर्यादा पालना नगरेको उनको टिप्पणी छ ।
‘हामी आएपछि संसद्को बैठकमा आएका छैनन् । आउँछन् तर नारा लगाएर जान्छन् । संसदीय मर्यादा पालना गर भन्दै एमालेले नारा लगाउनु हास्यास्पद छ,’ उनले भने । उनले एक भएर अगाडि बढ्दा प्रमुख प्रतिद्वन्द्वीसँग जुध्न सकिने प्रतिक्रिया दिएका छन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले संसद्मा आफ्नो उपस्थितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको दाबी गरेका थिए ।