सरल सहयात्री अध्यक्षमा निर्वाचित
|
Getting your Trinity Audio player ready...
|
नेकपा माओवादी केन्द्रका बाग्मती प्रदेशको अध्यक्षमा सरल सहयात्री निर्वाचित भएका छन् । अध्यक्ष हुने क्रममा हुने दिनानाथ गौतमलाई पराजित गरे । २६१ मत खसेको निर्वाचनमा सहयात्रीले १६२ तथा गौतमले ८६ मत पाए ।
उपाध्यक्षमा रुपा महर्जन,राम प्रसाद ढुङ्गाना र प्रेम बहादुर पुलामी निर्वाचित भए । इन्द्र बहादुर थिङ सचिवमा निर्वाचित भए । सहसचिवमा दल बहादुर दुर्लाकोटी,माधव प्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भए । सङ्गीता भट्टराई कोशाध्यक्ष भइन् । नौ पदको पदाधिकारीका लागि २७ जनाको उम्मेदवारी परेको थियो ।







