तरुण दल र नेविसंघका अध्यक्ष पद मुक्त

काठमाडौं । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका अध्यक्षहरु स्वत पद मुक्त भएका छन् । तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेत र नेविसंघका अध्यक्ष राजीव ढुङ्गाना नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भए पछि उनीहरु भातृ संघको अध्यक्षबाट पदमुक्त भएका हुन् ।
कांग्रेस विधानको दफा ४२ को उपदफा १ को घ मा भ्रातृ संघको पदाधिकारी वा सदस्य पार्टीको कुनैपनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनीत भएमा भ्रातृ संघको पद रिक्त हुने व्यवस्था छ ।
कांग्रेसको विधानमा लेखिएको छ,’ ‘पार्टीको कुनैपनि तहको पदाधिकारी वा सदस्य भ्रातृ संघको पदाधिकारी वा सदस्य हुनेछैन । भ्रातृ संघको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनैपनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भएमा निजको भ्रातृ संघको पद स्वतः रिक्त हुनेछ ।’
तरुण दलका अध्यक्ष जितजंग बस्नेत २५५७ मत ल्याएर ११औं नम्बरमा विजयी भएका छन् । त्यसैगरी नेविसंघका अध्यक्ष राजीव ढुंगाना १८९६ मत ल्याएर २४औं नम्बरमा विजयी भएका छन् ।