शशाङ्क पहिलो र साउद दोस्रो स्थानमा


नेपाली काँग्रेसको केन्द्रीय सदस्यको परिणाम अबको केही समयमा सार्वजनिक हुने भएको छ । १२ स्थानमा मत गणना भई रहेका कारण प्रत्येक मिनेटमा उम्मेदवारको अवस्था तलमाथि भई रहेको छ ।
९८८ मत गन्दा निवर्तमान महामन्त्री शशाङ्क कोइराला सबैभन्दा धेरै मत सहित अगाडी छन् । ३५ सिट निर्वाचित हुने सो पदका लागि ९८८ मत गन्दाको सुची यहाँ उल्लेख गरिएको हो ।