तरुण दलका पूर्व अध्यक्षहरूको जित पक्का
|
Getting your Trinity Audio player ready...
|
नेपाली काँग्रेसको केन्द्रीय सदस्यको परिणाम अबको केही समयमा सार्वजनिक हुने भएको छ । १२ स्थानमा मत गणना भई रहेका कारण प्रत्येक मिनेटमा उम्मेदवारको अवस्था तलमाथि भई रहेको छ ।
अन्य स्थानमा तलमाथि भए पनि निवर्तमान महामन्त्री शशाङ्क कोइराला सबैभन्दा धेरै मत सहित निर्वाचित हुने निश्चित देखिएको छ । नारायण प्रकाश साउद दोस्रो मत सहित केन्द्रीय सदस्य निर्वाचित हुने सम्भावना पनि प्रबल बनेको छ । यसै गरी, अर्जुन नरसिंह केसी, उदय समसेर राणा, गोपाल मान श्रेष्ठ, गोविन्द भट्टराई, जित जङ्ग बस्नेत, जिप छिरिङ लामा, नैन सिंह महर, पद्म नारायण चौधरी, बल बहादुर केसी, बालकृष्ण खाँण, रमेश लेखक, शङ्कर भण्डारी, बालकृष्ण खाँण,रमेश लेखक र डा राम शरण महत खुला तर्फ निर्वाचित हुने सम्भावना प्रबल छ । रामहरि खतिवडा, ज्ञानेन्द्र बहादुर कार्की र सुनिल थापा पनि बलियो अवस्थामा छन् । मोहन बहादुर बस्नेत , दीपक गिरि,दिलेन्द्र बड र गुरु बरालको अवस्था पनि बलियो छ ।
नेबी सङ्घका धेरै पूर्व अध्यक्ष सदस्यमा निर्वाचित हुने निश्चित देखिएको छ । नेवी सङ्घ पूर्व अध्यक्ष शेर बहादुर देउवा पार्टी सभापतिमा निर्वाचित हुँदा अर्का पूर्व अध्यक्ष विमलेन्द्र निधी पार्टी सभापतिमा पराजित भई सकेका छन् । सङ्घका पूर्व धनराज गुरुङ पार्टी उप सभापतिमा तथा विश्व प्रकाश शर्मा महामन्त्रीमा निर्वाचित हुँदा अर्का पूर्व अध्यक्ष प्रदीप पौडेल पार्टी महामन्त्रीमा पराजित भई सकेका छन् ।
नेवी सङ्घका पूर्व अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्की, नारायण प्रकाश साउद,बालकृष्ण खाँण र बल बहादुर केसी केन्द्रीय सदस्यमा निर्वाचित हुने निश्चित देखिएको छ ।
यसै गरी, तरुण दलका नेतृत्व गरी सकेका खाँण सहित उदय समसेर राणा र जित जग बस्नेत सदस्यमा निर्वाचित हुने निश्चित देखिएको छ ।







