राप्रपालाई पूर्वराजाको रिमोटबाट बचाउने सुनिश्चित गर्न कमल थापाको माग
‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छनाविन गर्न निष्पक्ष छानिवन समिति बनाउनुहोस् । हस्तक्षेपको भत्सर्ना गर्नुहोस् । भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस् । राजसंस्थाकाबारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा पार्टीभित्र बहस सुरू गर्नुहोस् । यसो गर्न सक्नु भयो भने पार्टी एकता पनि कायम रहन्छ र पार्टीको भविष्य पनि सुनिश्चित हुन्छ,’ थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।










