एमालेको बैठक : माघ र फागुन भित्र पार्टी विस्तार हुने
|
Getting your Trinity Audio player ready...
|
भक्तपुर/एमालेको १०औं महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटीको आजको बैठक सकिएको छ । भक्तपुरको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीको हलमा भएको बैठकबाट पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको छ । माघ र फागुनमा पार्टी विस्तार गर्ने निर्णय बैठकले गरेको छ ।
आजको बैठकमा महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय कमिटीलाई बधाई पत्र वितरण गरेको छ । साथै महाधिवेशनको संक्षिप्त समीक्षा पनि गरिएको छ ।
मुलुकलाई सही दिशामा लैजाने जिम्मेवारी नेकपा एमालेको रहेको र सोही अनुसार कार्य योजना बनाएर अगाडि बढ्ने नेता प्रदीप ज्ञवालीले बताएका छन् । उनले १०औं महाधिवेशनले मुलुकलाई नयाँ सन्देश दिएको विश्वास व्यक्त गरे ।








