प्रदेश एक अधिवेशन : अध्यक्षमा गुरु घिमिरे दुई भोटले हारे

काठमाडौँ । नेपाली कांग्रेसको एक नम्वर प्रदेशको अध्यक्षमा गुरुराज घिमिरे दुई भोटले पराजित भएका छन् । घिमिरेलाई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पक्षिय उमेदवार उद्धव थापाले हराएका हुन ।
उद्धवले आठ सय ४४ मत पाए । घिमिरेले आठ सय ४२ मत पाए । घिमिरे नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष हुन् । उनी बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् ।
प्रदेश सभापतिसँगै अधिकांश पदाधिकारी संस्थापन समूहले नै जितेको छ। उपसभापतिमा संस्थापनका रमेशजंग रायमाझी र टङ्क प्रसाद राई, महामन्त्रीमा भूपेन्द्र राईले र उमेश थापा विजयी भएका छन् ।