बागमतीमा बानियाँ विजयी

काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेस बागमती प्रदेश महाधिवेशनअन्तर्गत संस्थापन पक्षीय उम्मेदवार इन्द्र बानियाँ विजयी भएका छन् ।
बानियाँले संस्थापनइतर समुहका जगदीश्वर नरसिंह केसीलाई हराए । बानियाँले एक हजार ८५ मत पाए । केसीको ९ सय २७ मत रह्यो ।
पहिलो चरणमा कुनै पनि उमेदवारले ५१ प्रतिशत मत नपुर्याएका कारण दोस्रो चरणमा चुनाव भएको थियो । पहिलो चरणमा बानियाँले ९ सय ९२ र केसीले ८ सय ७२ मत ल्याएका थिए ।