October 24, 2021

मनोरन्जन

त्रिदेशीय परमाणु सम्झौताप्रति क्रुद्ध बेइजिङ भन्छ- संकुचित दिमागको उपज

त्रिदेशीय परमाणु सम्झौताप्रति क्रुद्ध बेइजिङ भन्छ- संकुचित दिमागको उपज

मनोरन्जन
एजेन्सी काठमाडाैं, १ असाेज चीनले अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको एतिहासिक परमाणु सम्झौताको निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने बताएको छ । बेइजिङले त्रिदेशीय सम्झौताको आलोचना गर्दै त्यसलाई संकुचित दिमागको उपज भनेको छ । अस्ट्रेलियालाई आणविक ऊर्जामा चल्ने पनडुब्बी निर्माण गर्न अमेरिका र बेलायतले सहयोग गर्ने सम्झौतामा उल्लेख छ । विवादित दक्षिण चीन सागरमा बेइजिङलाई टक्कर दिने रणनीतिस्वरूप अमेरिका र बेलायतले अस्ट्रेलियालाई सहयोग गरेका हुन् । सो क्षेत्र लामो समयदेखि तनावको केन्द्र बनेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले त्रिदेशीय गठबन्धले क्षत्रीय शान्तिमा गम्भीर असर गरेको र सैन्य होड तीव्र पारेको बताएका छन् । तीन देश शीतयुद्धको मानसिकताबाट गुज्रिएको भन्दै उनीहरूले आफ्नै खुट्टामा आफै बन्चरो हानेको उनले आरोप लगाएका छन् । चीनको सरकारी ...
इन्डोनेसियाको वायु प्रदुषणमा राष्ट्रपति जिम्मेवारः अदालत

इन्डोनेसियाको वायु प्रदुषणमा राष्ट्रपति जिम्मेवारः अदालत

मनोरन्जन
एजेन्सी जार्काता, १ असोज इन्डोनेसियामा वायु प्रदुषण बढ्नुमा राष्ट्रपति जोको उदोदो  र उच्च अधिकारी जिम्मेवार भएको त्यहाँको एक अदालतले ठहर गरेको छ । एक महत्वपूर्ण फैसलामा अदालतले वातावरण प्रदुषण बढ्न उनीहरु जिम्मेवार भएको ठहर गर्दै नियन्त्रण गर्न निर्देशन दिएको छ । अदालतले राष्ट्रपतिलाई वायुको गुणस्तर सुधार गर्न निर्देशन दिनुको साथै प्रान्तीय सरकारले जाकार्ताका पुराना सवारी साधन नियमित जाँच गर्न आदेश दिएको हो । सन् २०१९ राष्ट्रपति उदोदो, वातावरण मन्त्रालय र जाकार्ताका गभर्नरसहितलाई विपक्षी बनाएर स्थानीयले सरकारबिरुद्ध मुद्दा दायर गरेका थिए । दुई वर्षअघि इन्डोनेशियाको एउटा हवाई गुणस्तर अनुगमन गर्ने निकायले जार्कातालाई  विश्वकै प्रदूषित शहरका रूपमा सूचिकृत गरेको थियो । इटा भट्टीबाट निस्कने धुँवा र अनियन्त्रित सवारी साधनका कारण इन्डोनेसियामा प्रदुषण बढेको विज्ञहरु बताउँछन् ।...