October 24, 2021

समाचार

एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्याे तीन हजार प्रतिनिधि

एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्याे तीन हजार प्रतिनिधि

समाचार
काठमाडौं, ३० भदाै । एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ । एमालेले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो । एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लगाएको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब तीन हजार प्रतिनिधिको टुंगो लगाएको हो । विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिमा १. केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, २. अनुशासन आयोगका पदाधिकारी र सदस्य, ३. लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य, ४. निर्वाचन आयोगका पदाधिकारी र सदस्य, ५. केन्द्रीय विभागका सचिवसहित १५ सदस्य, ६. सल्लाहकार परिषदका पदाधिकारी र सदस्य, ७. जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य, ८. प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र...
कांग्रेसले भागबन्डामा टुंग्यायो मन्त्रीका अनुहार, मन्त्रालय टुंग्याउन बाँकी

कांग्रेसले भागबन्डामा टुंग्यायो मन्त्रीका अनुहार, मन्त्रालय टुंग्याउन बाँकी

मुख्य समाचार, समाचार
काठमाडौं, १२ असोज । सत्तारुढ नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भागबन्डाका आधारमा टुंगो लगाएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताबीचको अनौपचारिक छलफलमा मन्त्री बन्नेको टुंगो लागेको हो । कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्री र एउटा राज्यमन्त्री पाएको छ । अहिले कांग्रेसबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री डा.नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन् । अब कांग्रेसबाट तीन मन्त्री बन्ने छन् । जसअनुसार पौडेल समूहबाट दुई र सिटौला समूहबाट एकजना मन्त्री बन्दैछन् । कांग्रेस स्रोतका अनुसार रामचन्द्र पौडेल समूहबाट दिलेन्द्रप्रसाद बडू र डा.मिनेन्द्र रिजाल मन्त्री बन्ने भएका छन् । रिजाललाई महामन्त्री डा.शशांक कोइरालाको पनि समर...
सडक निर्माणमा स्थानीय जनप्रतिनिधिकै अवरोध

सडक निर्माणमा स्थानीय जनप्रतिनिधिकै अवरोध

समाचार
रसुवा, २९ भदौ बहुचर्चित राष्ट्रिय गौरवको आयोजना गल्छी-त्रिशूली-रसुवागढी सडकखण्डको बेत्रावती-नयाँपुल खण्डको सडक निर्माणमा जनप्रतिनिधिले अवरोध गरेका छन् । मुआब्जाको कारण देखाउँदै उत्तरगया गाउँपालिका- ५ का वडा अध्यक्ष ईश्वर थापा तथा उनका परिवारले अवरोध गरेको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुवेँसी-रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । रसुवाको बेत्रावती बाई जक्सनदेखि नयाँ पुलसम्मको जग्गा प्राप्त गर्नका लागि प्रक्रिया अघि बढिसकेको अवस्थामा त्रिशूली थ्री ए जलविद्युत् आयोजनासँगको विवाद रहेको भनी अवरोध गरिरहेकाले हालसम्म पनि पूर्ण हुन नसकेको उनले बताए । हालसम्म २० जनाभन्दा बढी जग्गाधनीले मुआब्जा लिइसकेका छन् । आयोजनाका अनुसार आगामी एक साताभित्र करिब ३० जना जग्गाधनीले मुआब्जाबापतको रकम लिइसक्ने योजना छ । आयोजनाबाट मुआब्जा रकम वितरणमा कुनै समस्या नरहेको समेत आयोजना प्रमु...
केपी ओलीसँग सम्पर्कको प्रयास बिफल भयो : सभामुख सापकोटा

केपी ओलीसँग सम्पर्कको प्रयास बिफल भयो : सभामुख सापकोटा

समाचार
काठमाडौं, २८ भदौ  । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकार वार्ता, छलफल र सहमतिका लागि तयार रहेको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको सर्वदलीय बैठकमा उनले सदनमा विपक्षीको सम्मान जरुरी रहेको र द्वन्द्वको विकल्पमा जानुपर्ने भएकाले वार्ता, छलफल र सहमतिका लागि गठबन्धन तयार रहेको बताएका हुन् । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवादबाट समाधान खोज्नुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल एमालेलाई छलफल र संवादमा आउन अनुरोध गरे । उनले अदालतको फैसला नआएको र निर्वाचन आयोगबाट निर्णय आएको सन्दर्भमा आआफ्नो दृष्टिकोण हुने भन्दै छलफल र सहमतिमा सभालाई संचालन गर्नुको विकल्प नभएको बताए । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्ष जिम्मेवार नभएको औँल्याए । उनले प्रतिनि...
रामचन्द्र पौडेलले भने- धाँधली गरी भएको निर्वाचनलाई मान्यता दिनु हुँदैन

रामचन्द्र पौडेलले भने- धाँधली गरी भएको निर्वाचनलाई मान्यता दिनु हुँदैन

मुख्य समाचार, समाचार
काठमाडौं, २८ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडले पार्टीको १४औँ महाधिवेशनको कार्यक्रमअन्तर्गत भएका वडा अधिवेशनमा भएको आरोप लगाएका छन् । आफू निकट केन्द्रीय सदस्यहरूको बैठकपछि सोमबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै पौडेलले सभापति शेरबहादुर देउवाबाट गराइएको फेक निर्वाचनलाई निर्वाचन समितिले मान्यता दिन नहुने बताए । बैठकपछि जारी गरिएको विज्ञप्तिमा डडेल्धुरासहितका जिल्लामा भएका क्रियाशील सदस्यता र वडा अधिवेशनको धाँधलीलाई सच्याउनुपर्ने माग गरिएको छ । पार्टी सभापति देउवा पक्षले शक्ति र सत्ताको आडमा विधान र प्रावधान तोडेर क्रियाशील सदस्यता वितरण गरिनु र वडा अधिवेशन गरिनु खेदजनक रहेको पौडेल समूहको भनाइ छ । न्युज कारखाना  ...
कम्युनिस्टभित्र रहेको अहंकारवादविरुद्व लड्नुपर्छ : माधव नेपाल

कम्युनिस्टभित्र रहेको अहंकारवादविरुद्व लड्नुपर्छ : माधव नेपाल

समाचार
काठमाडौं, २७ भदौ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीभित्र रहेको अहंकारवादविरुद्ध लड्नुपर्ने बताएका छन् । ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तक आज काठमाडौंमा विमोचन गर्दै उनले सत्तामा पुगेपछि कम्युनिस्टमा अहंकार आउने भन्दै त्यसविरुद्ध लड्नुपर्ने बताए । कम्युनिस्ट पार्टीभित्र आफ्ना आसेपासेहरूलाई गोलबन्द गर्ने गैरकम्युनिस्ट प्रवृत्ति मौलाउँदै गएको र त्यस्ता प्रवृत्तिहरूलाई निस्तेज पारेर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको धारणा उनको थियो । अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरूले ‘चुनावदेखि चुनावसम्म’ नभई ‘जनतादेखि जनतासम्म’को अभियान संचालन गर्नुपर्ने पनि बताए । उनले आफ्नो पार्टी सबैभन्दा लोकतान्त्रिक पार्टी भएको दाबी गर्दै यसले मात्र वास्तविक रूपमा देशलाई एकताबद्ध बनाउने र मुलुकको राष्ट्रियताको रक्षा गर्ने तर्क गरे । न्युज कारखान...
केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेँ : प्रचण्ड

केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेँ : प्रचण्ड

मुख्य समाचार, समाचार
काठमाडौं, २७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केपी ओलीसँग पार्टी एकता गरेर ज्ञान प्राप्त गरेको बताएका छन् । आइतबार पार्टीका केन्द्रीय सदस्य परशुराम तामाङको 'नेपाली कम्युनिस्टको कार्यदिशा' पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यो ज्ञान ओलीसँग पार्टी एकता गरेपछि मात्रै प्राप्त हुने भन्दै व्यंग्य गरे । 'अस्ति पाँच दलीय गठबन्धनको बैठकमा मलाई ताकेर सोध्नुभयो, के पाउनुभयो केपी ओलीसँग पार्टी एकता गरेर ?, ' उनले सुनाए, 'के पाएँ भन्न त विभिन्न उतारचढाव छन् । चार पाँच घण्टा लाग्छ । तर, मैले ज्ञान प्राप्त गरेर आएँ भने ।' त्यो ज्ञान ओलीसँग एकता गरेपछि मात्रै प्राप्त हुने र त्यो ज्ञानबाट पाठ सिक्न सत्ता गठबन्धनका नेताहरूलाई सुझाएको प्रचण्डले बताए । 'ओलीबाट सिकेको ज्ञान अनुशरण गरेर गठबन्धन बनाउँ । नत्र ओलीले खान्छन् भनेँ,' उनको भनाइ थियो । 'सिक्न...
संसद् बैठकमा ओलीको अगुवाइमा नाराबाजी

संसद् बैठकमा ओलीको अगुवाइमा नाराबाजी

समाचार
प्रतिनिधिसभाको बैठकमा NewsKarkhana   नाराबाजीमा एमाले संसदीय दलका नेता केपी ओली पनि सहभागी छन् । यसअघि दुई दिनको बैठकमा भएको नाराबाजीका बेला ओली आफ्नै स्थानमा बसेका थिए । तर, आइतबार भइरहेको नारबाजीमा ओली पनि रोस्ट्रम अगाडि उभिएर सहभागी भएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बारम्बार बैठक चल्ने वातावरण बनाउन आग्रह गरिरहेका छन् । तर, यसलाई बेवास्ता गर्दै एमाले सांसदहरूको नाराबाजी चलिरहेको छ । सभामुख सापकोटाले आफूले नागरिक सर्वाेच्चतता कायम गरेको र बैठकमा अवरोध सृजना गरेर अरु सांसदको बोल्न अधिकार कुण्ठित नगर्न आग्रह गरेका छन् ।...
इन्द्रजात्रा व्यवस्थापनमा खटिनेहरूलाई दिइयो कोरोनाविरुद्धको खोप

इन्द्रजात्रा व्यवस्थापनमा खटिनेहरूलाई दिइयो कोरोनाविरुद्धको खोप

समाचार
काठमाडौं, २६ भदौ इन्द्र जात्राको व्यवस्थापनमा खटिने तीन सय जनालाई काठमाडौं महानगरपालिकाले कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिएको छ । काठमाडौंको मजिपाटस्थित लाखे ननीमा खोप कार्यक्रम चलाइएको हो । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महामारीबाट आफू बचेर परम्परा बचाउने उदेश्यका साथ खोप अभियान चलाइएको बताए ।‘विश्वव्यापी महामारीलाई कम ठान्नु हुँदैन । अर्कोतिर हामीले पुस्तौंदेखि मनाउँदै आएका पर्वहरूलाई नियमित गर्नुपर्ने छ', उनले भने । खोपसहित जात्रा सञ्चालनका लागि मास्क, पञ्जा, स्यानिटाइजरलगायत स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराइने उनले बताए । महानगरको कार्य प्रसंसा योग्य रहेको बताउँदै इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यले खुशी व्यक्त गरे । यस वर्ष इन्द्रजात्राका कार्यक्रम सुरु भइसकेका छन् । भदौ २३ गते बिहान १० बजेर ५२ मिनेटमा बनयात्रा सुरु गरिएको थियो ...
नेपाल प्रहरीको प्राविधिकतर्फ २२१ पदमा जागिर खुल्यो

नेपाल प्रहरीको प्राविधिकतर्फ २२१ पदमा जागिर खुल्यो

समाचार
न्युज कारखाना काठमाडौं, २५ भदौ नेपाल प्रहरीले प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहमा नयाँ विज्ञापन खोलेको छ । प्रहरीले ७ वटा प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा २ सय २१ जनाको लागि शुक्रबार नयाँ विज्ञापन खोलेको हो । विज्ञापनअनुसार सबैभन्दा धेरै अस्पतालतर्फ १६ पदमा ९७ जना माग गरिएको छ । त्यसपछि सूचना प्रविधि अन्तर्गत ३ पदमा ६४ जना, सञ्चार अन्तर्गत ३ पदमा ३५ जना, विधिविज्ञान प्रयोगशाला अन्तर्गत १७ जनाको माग गरिएको छ । यस्तै भौतिक पूर्वाधारतर्फ ६ तथा केनाइन र हातहतियार मर्मत अन्तर्गत १/१ जना माग गरिएको छ । दरखास्त दिने मिति २७ भदौदेखि ७ कार्तिक तोकिएको छ । माग गरिएका पदहरू प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी नायव उपरीक्षक (डिएसपी) सम्म छन् । प्रहरी प्रधान कार्यालयले उक्त सूचना गाेरखापत्रमा प्रकाशित गरेकाे छ ।...