गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। बिरामी रहेका उनलाई सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने पारिवारिक स्रोतले जनाएको छ। Author समाज टाइम्स View all posts